२४ बैशाख, २०८१ सोमबार

03:27:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोड ५० लाखको अवैध सामग्री बरामद

Nepal Business

१२ पुस, २०७८

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जनाउनु भयो।

 १ करोड ५० लाखको अवैध सामग्री बरामद

काठमाण्डौं, पुस १२

एक महिनाको अवधिमा करिब   १ करोड ५० लाखभन्दा बढीको अवैध मालसामान जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको छ  । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो । 

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जनाउनु भयो। 

अभियान अन्तर्गत मंसिर महिनामा १ करोड १३ लाख ७० हजार ९ सय ३७  र पुस महिनाको १० गतेसम्म ३४ लाख १७ हजार ८०० सय बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ । 

 

अभियान सञ्चालनअवधिमा स्रोत नखुलेको १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । व्यापारको शिलशिलामा विभिन्न मुद्दामा फरार रहेका छन् । फरार प्रतिवादीबाट जरिवानास्वरुप १ लाख ७५ हजार ५ सय ९९ सङ्कलन गरिएको छ ।