७ मंसिर, २०८१ शुक्रबार

07:14:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

Nepal Business

१९ बैशाख, २०७९

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल फाइनान्सको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको ७० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ११ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ५९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीको हकप्रदमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ । हकप्रदपछि यसको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।