७ मंसिर, २०८१ शुक्रबार
07:14:54 PM
१९ बैशाख, २०७९
सोमबार ३० लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सय ९२ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । लगातार सेयर बजार घटिरहेको छ । सोमबार कारोबारको पहिलो दिन सेयर बजार ४८.७३ अंकले घटेको छ ।
आइतबार श्रमिक दिवस भएकाले कारोबार बन्द थियो ।
सेयर बजार ४८.७३ अंकले घट्दा नेप्से २ हजार ३ सय ०७.४४ बिन्दुमा बन्द भएको छ ।
यस्तै सोमबार ३० लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
यसैगरी सोमबार सबै उपसमुह ओरालो लागेका छन् । कम्पनीतर्फ भने जल्पा ९.९९ प्रतिशतले बढेको छ भने सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था २ प्रतिशतले बढेका छन् ।