१५ बैशाख, २०८१ शनिबार

10:04:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

​जता नेता उतै विकास, धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

Nepal Business

११ पुस, २०७८

​जता नेता उतै विकास, धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट

पुस ११, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ ।

बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।” उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो ।

धनगढीमा क्षेत्रीय विमानस्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा हेमराज जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि कोसेढुङ्गा परियोजना हो, सुदूरपश्चिमेलीको वर्षौंदेखिको सपना मन्त्री आलेले पूरा गरी दिनुभयो, हामी खुशी छौँ ।” यसैगरी आज बसेको उक्त बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।