१७ माघ, २०८१ बिहिबार

11:03:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग पराजित

Nepal Business

१८ बैशाख, २०७९

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग पराजित

काठमाण्डौं । पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गर्नु भयो । मारुमानीले सर्वाधिक ५६ रन बनाउनु भयो ।

उहाँले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्नु भयो । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाउनु भयो । रोए काए ९ रनमा अविजित रहनु भयो ।

बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाउनु भयो । यस्तै रोहित पौडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जोड्नु भयो । करण केसी ४ रनमा अविजित रहनु भयो ।

बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एकएक विकेट लिए ।