७ मंसिर, २०८१ शुक्रबार

07:14:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर बाँडफाँड, पैसा फिर्ता कहिले ?

Nepal Business

१८ बैशाख, २०७९

सर्वसाधारण समूहको सबै र संस्थापक समूहको ९४ हजार ७ सय कित्ता सेयर बिक्री भएको कम्पनीले जनाएको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर बाँडफाँड,  पैसा फिर्ता कहिले ?

काठमाण्डौं । समृद्धि फाइनान्स लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । उक्त अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरू वैशाख १४ गते खोलेर वैशाख १६ गते बाँडफाँड गरिएको हो । 

कम्पनीले चैत्र २९ गते, मंगलबारबाट वैशाख ७ गतेसम्म आवेदन खुल्ला गरेको थियो । कम्पनीले ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको गरी कूल  ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, सर्वसाधारण समूहको सबै र संस्थापक समूहको ९४ हजार ७ सय कित्ता सेयर बिक्री भएको कम्पनीले जनाएको छ । 

लिलामी सेयरमा संस्थापक समूहको १०१ रूपैयाँ र सर्वसाधारण समूहको न्यूनतम २०५ रुपैयाँ कट अफ कायम भएको छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा वैशाख २१ गते बुधबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएको छ ।