७ मंसिर, २०८१ शुक्रबार
07:09:49 PM
१८ बैशाख, २०७९
सेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ ।
काठमाण्डौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि वैशाख १९ गते, सोमबारदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७ सय २०.८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
यसका लागि लगानीकर्ताले वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।