८ मंसिर, २०८१ शनिबार
12:27:47 AM
१६ बैशाख, २०७९
संजीवबहादुर कोइरालाको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन
पोखरा,
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगर कमिटीले ५०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचारप्रसार कमिटी गठन गरेको छ ।
महासंघ पोखरा महानगर कमिटीका अध्यक्ष हरि भुजेल संयोजक र सचिव हेमराज भण्डारी सहसंयोजक रहनेगरि उक्त प्रचारप्रसार तथा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
महासंघ पोखरा महानगर कमिटीका अध्यक्ष हरि भुजेल संयोजक र सचिव हेमराज भण्डारी सहसंयोजक रहनेगरि उक्त प्रचारप्रसार तथा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
पोखरा भित्रका सबै वडामा खटिने गरी इन्चार्ज र सहइन्चार्जको जिम्मा तोकिएको महानगर कमिटीका सचिव हेमराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संजीवबहादुर कोइरालाको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरिएको छ ।
वडाको निर्वाचन परिचालन कमिटीसँग समन्वय गर्दै निर्वाचनमा साथ दिइने महासंघ पोखरा महानगर निर्वाचन परिचालन कमिटीका संयोजक हरि भुजेलले बताउनुभयो ।
नेकपा एमालेका तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण थापाको उपस्थितिमा उक्त कमिटी घोषणा गरिएको थियो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ उद्योगी व्यवसायीको हक हितका लागि काम गर्ने नेकपा एमालेको भात्तृ संगठन हो ।