७ बैशाख, २०८१ शुक्रबार

11:52:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी

Nepal Business

८ फागुन, २०७९

औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उहाँले भन्नुभयो, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।”

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताउनुभयो । 

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताउनुभयो । 

“सरकारले सुदूरपश्चिममा रहेका सम्भावनाको अध्ययन गरिरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यहाँका फलाम खानीलगायतका सम्भावनाको अध्ययन गर्न सुदूरपश्चिममा टोली खटिएको छ ।” उहाँले औद्योगिक क्षेत्रसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको कामसमेत छिट्टै सञ्चालन हुने बताउनुभयो । 

“औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उहाँले भन्नुभयो, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।” 

उहाँले यहाँका निर्माणधीन गौरवका योजनामा बजेट अभाव हुन नदिने बताउनुभयो । “महाकाली करिडोर, औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह निर्माणका लागि बजेट अभाव हुन दिनेछैन”, मन्त्री भण्डारीले भन्नुभयो, “औद्योगिक विकासका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्न तयार छौँ ।”

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमीन छुट्याइएकोे जानकारी दिनुभयो । “औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ”, महाप्रबन्धक मानन्धरले भन्नुभयो, “उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन ।” उहाँका अनुसार एकसय वटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याएको छ ।