१९ बैशाख, २०८१ बुधबार

01:05:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री

Nepal Business

४ बैशाख, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिनुभएको छ ।

 “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, उहाँले भन्नुभयो, “देशको अर्थ व्यवस्थाबारे यहाँहरू जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

 “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, उहाँले भन्नुभयो, “देशको अर्थ व्यवस्थाबारे यहाँहरू जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो ।”

सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता नपर्ने उल्लेख गर्दै उहाँले अप्ठ्यारो समयमै एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो । “सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको कार्यक्षमता बढाउने चुनौती छ”, उहाँले भन्नुभयो ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादात्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको उल्लेख गर्दै मन्त्री महतले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यका साथ सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

“तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्त्वपूर्ण छ”, मन्त्री महतले भन्नुभयो ।