७ मंसिर, २०८१ शुक्रबार

06:50:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सञ्जालमा प्रलोभन देखाएर सेयरमा लगानी गर्न लगानउनेलाई बोर्डले कारबाही गर्ने

Nepal Business

१६ बैशाख, २०७९

धितोपत्र बोर्डबाट अनुमति नलिई सञ्चालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने चेतावनी बोर्डले दिएको छ ।

सामाजिक सञ्जालमा प्रलोभन देखाएर सेयरमा लगानी गर्न लगानउनेलाई बोर्डले कारबाही गर्ने

काठमाण्डौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाई लगानीकर्ताहरूलाई लगानी गर्न लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमावली, विनियमावली तथा निर्देशिका बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन, धितोपत्रको खरिद तथा विक्री, डिम्याट तथा मेरो शेयर खाता संचालन, लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, संस्थागत परामर्श, प्रत्याभूति, आस्वा, सामुहिक तथा विशिष्टिकृत (प्राईभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेड्ज फण्ड) लगानी कोष संचालन जस्ता कार्यहरु धितोपत्र बोर्डबाट अनुमति लिई गर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

उक्त कार्यहरु धितोपत्र बोर्डबाट अनुमति नलिई सञ्चालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने चेतावनी बोर्डले दिएको छ ।

बोर्डद्वारा प्रकाशित सूचनामा भनिएको छ, हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक संजाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न अहवान गर्ने गरेको पाइएको छ ।  

धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गर्ने गरेको भन्ने समाचारहरु आईरहेको सन्दर्भमा उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु अगाडी आवश्यक सचेतता अपनाउनुहुनका साथै बोर्डबाट अनुमति लिए र नलिएको यकिन गरेर मात्र लगानी गर्न तथा सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीहरुलाई यस सूचना मार्फत जानकारी गराईन्छ ।