५ जेठ, २०८१ शनिबार

10:48:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत प्राधिकरणले जोगायो एक अर्ब ५० करोड

११ पुस, २०७८

विद्युत प्राधिकरणले जोगायो एक अर्ब ५० करोड

पौष ११, २०७८

नेपाल विद्युत प्राधिकरणले झण्डै तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण गर्दा प्राधिकरणलाई झण्डै रु एक अर्ब ५० करोड बराबरको मुनाफा हुने अवस्था देखिएको छ । 

प्राधिकरणले चालू आव २०७८÷७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४।३५ प्रतिशतमा सीमित गरेको छ । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चुहावट नियन्त्रणको कामलाई स्थानीय प्रशासनसँग सहकार्य गरेर अगाडि बढाउन प्राधिकरणको नेतृत्वलाई निर्देशन दिनुभएको छ । चुहावट नियन्त्रण गर्नु बिजुली उत्पादन गर्नु जस्तै भएको भन्दै उहाँले बिजुली चोरीमा संलग्नलाई कुनै पनि हालतमा छुट नदिन र कारवाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिनुभएको छ । 
स्थानीय प्रशासनले पनि चुहावट नियन्त्रणमा सहयोग गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियमितरुपमा बिजुलीको खपत बढाउने अभियानसँगै चुहावट नियन्त्रणमा समेत लागि पर्नुभएको छ । हरेक प्रदेश कार्यालय, स्थानीय वितरण केन्द्रलाई समेत चुहावट नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न स्पष्ट निर्देशन दिइएको परिणाम हासिल भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।