२ जेठ, २०८१ बुधबार

08:58:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनलाई ३३ अर्ब डलर सहयोग गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

Nepal Business

१६ बैशाख, २०७९

प्याकेजमा २० अर्ब डलर बढी सैन्य सहायता छ भने साडे ८ अर्ब डलर आर्थिक र ३ अर्ब डलरको मानवीय सहायता समावेश छ ।

युक्रेनलाई ३३ अर्ब डलर सहयोग गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई ३३ अर्ब डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य, आर्थिक र मानवीय सहायतास्वरुप उक्त राशिको सहयोग घोषणा गर्नु भएको हो।

घाषित सहयोग आगामी पाँच महिनाभित्र उपलब्ध गराइनेछ । बाइडेनले यो सहयोग अनुमोदन गर्न पनि अमेरिकी सांसदहरुसँग आग्रह गर्नु भएको छ । यो प्याकेजमा २० अर्ब डलर बढी सैन्य सहायता छ भने साडे ८ अर्ब डलर आर्थिक र ३ अर्ब डलरको मानवीय सहायता समावेश छ ।

उहाँले सहयोग राशि घोषणा गर्दै यो रुसविरुद्ध अमेरिकाले आक्रमण गरेको रुपमा लिन नहुने बताउनु भयो ।

ह्वाइटहाउसले अमेरिकाले पनि रुसी धनाढ्यका सम्पत्ति जफत गर्न सहज पारेको छ । ती सम्पत्ति युक्रेनलाई उपलब्ध गराउन सकिने भएको छ । बिहीबार घोषित उक्त सहयोग निकै महत्वपूर्ण छ ।

अमेरिकाले युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता नै कम्तीमा १४ अर्ब डलरबराबरको सहयोग गरिसकेको छ ।

गत हप्तामात्रै बाइडेनले ८० करोड सैन्य सहायतामा हस्ताक्षर गर्नु भएको थियो । त्यस्तै प्रत्यक्ष आर्थिक सहायतास्वरुप ५० करोड डलर पनि उहाँले प्रमाणीकरण गर्नु भएको थियो ।