६ जेठ, २०८१ आइतबार

06:20:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरी हिल्सको घाटामा सुधार

Nepal Business

१६ बैशाख, २०७९

गत वर्षको यस अवधिमा कम्पनीले १८ करोड ११ लाख २० हजार रुपैयाँ घाटा ब्येहोरेको

चन्द्रागिरी हिल्सको घाटामा सुधार

काठमाण्डौं । चन्द्रागिरी हिल्स पावर कम्पनीको घाटामा सुधार आएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २ करोड ९४ लाख रुपैयाँ बराबरको घाटा ब्येहोरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले १८ करोड ११ लाख २० हजार रुपैयाँ घाटा ब्येहोरेको थियो । 

कम्पनीका अनुसार कोरोना भाइरसको प्रभाव कम हुँदै गएकाले घाटामा कमी आएको छ । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ४२ करोड ३ लाख १८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ४२ लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष २१ लाख ३३ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २० लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९२ पैसा ऋणात्मक छ । 

अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ७० पैसा छ ।