१० असोज, २०७९ सोमबार

06:13:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा तारागाउँ रिजेन्सी होटल्सले कमायो १८ करोड ८० लाख रुपैयाँ

Nepal Business

३० भदौ, २०७९

एक वर्षमा तारागाउँ रिजेन्सी होटल्सले कमायो १८ करोड ८० लाख रुपैयाँ

काठमाण्डौं । गत आर्थिक वर्षमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

बिहीबार होटलले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष नोक्सानमा सुधार गरेको देखिएको छ । अघिल्लो वर्ष होटलले ३ करोड ५० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको कुल आम्दानी २१३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष २७ करोड १४ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष ८५ करोड रुपैयाँभन्दा कुल आम्दानी गरेको छ। 

यस्तै हाल १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ८१.४३ प्रतिशत बढेर ४४ करोड १६ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । 

कम्पनीको कुल सम्पत्ति १६ दशमलव २२ प्रतिशत बढी ३ अर्ब ५५ करोड र कुल दायित्व अघिल्लो वर्षभन्दा ३२ प्रतिशत बढी १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.६४ रहेको छ ।