१९ माघ, २०८१ शनिबार
08:42:29 AM
१६ बैशाख, २०७९
कम्पनीहरुले ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका
काठमाण्डौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म २० निर्जीवन बीमा कम्पनीले ३ अर्ब रुपैयाँभन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिका अनुसार कम्पनीहरुले ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सो बीमा शुल्क आर्जन फागुनको तुलनामा चैतमा कम भएको बीमा समितिले जनाएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले फागुनमा ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चैतमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै दोस्रोमा शुल्क आर्जन गर्नेमा नेको इन्सुरेन्स रहेको छ । यस कम्पनीले २४ करोड ७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले ८ करोड ३५ लाख रूपैयाँ आर्जन गरेको छ ।
कम बीमा शुल्क आर्जन गर्ने दोस्रोमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले ९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।