७ मंसिर, २०८१ शुक्रबार

08:02:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिने होइन त आवेदन ? हिमालयन हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

१६ बैशाख, २०७९

कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको

दिने होइन त आवेदन ? हिमालयन हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

काठमाण्डौं । हिमालयन हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि वैशाख २५ गतेदेखि कम्पनीले आइपीओ बिक्री खुला गर्ने भएको हो। 

कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । 

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गर्न लागेको हो ।

यस्तै मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिनेछ। 

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।