२ जेठ, २०८१ बुधबार

04:01:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समुन्नत पोखरा गठबन्धनको साझा लक्ष्य

Nepal Business

१६ बैशाख, २०७९

‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल उद्देश्य

समुन्नत पोखरा गठबन्धनको साझा लक्ष्य

पोखरा, 

स्थानीय निर्वाचनका लागि संयुक्तरूपमा निर्वाचनमा प्रस्तुत भएको पाँच दलीय गठबन्धनले समुन्नत पोखरा निर्माणलाई साझा लक्ष्यका रूपमा अघि सारेको छ ।

शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकूद, शहरी स्वच्छता, नगरीय सुशासन, कृषि आफूहरूको प्राथमिकतामा रहेको छ

पाँच दलीय गठबन्धनको घोषणापत्रमा गठबन्धनका तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी पार्टी)का नेता धनराज आचार्यले समुन्नत पोखराका लागि आफूहरूले प्रमुख सात प्रस्थान विन्दु तय गरेको बताउनुभयो ।

‘समुन्नत पोखराको आधार  : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल उद्देश्यका साथ शिक्षित, सभ्य तथा मर्यादित महानगरवासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन, प्रविधिमैत्री सेवा प्रवाह समुन्नत पोखराका प्रमुख प्रस्थान विन्दु रहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकूद, शहरी स्वच्छता, नगरीय सुशासन, कृषि आफूहरूको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

हानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार एवं नेपाली कांगे्रसकी नेत्री कोपिला रानाभाटले गठबन्धन लोकतन्त्र, समृद्धि र विकासका लागि राष्ट्रिय आवश्यकता भएको बताउँदै समुन्नत पोखराको चाहनालाई पूरा गर्न आफूहरू चुनावी प्रतिस्पर्धामा आएको स्पष्ट पार्नुभयो ।

महानगरवासीको सेवामा आगामी पाँच वर्ष समर्पित गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएको बताउँदै उहाँले विकाससँगै न्याय, सुशासनलगायतका क्षेत्रमा जनताले अनुभूति गर्नेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।