६ बैशाख, २०८१ बिहिबार

11:50:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष दाहाल

Nepal Business

१८ भदौ, २०७९

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उहाँले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताउनुभयो ।

चितवनको मेघौली विमानस्थलको काम छिट्टै हुन्छ : अध्यक्ष दाहाल

चितवन,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ । 

भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उहाँले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको मेघौली विमानस्थलको स्तरोन्नतिसम्बन्धी अन्तक्र्रियामा उहाँले ऐतिहासिक महत्व बोकेको यो विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने बताउनुभयो ।

विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उहाँले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताउनुभयो ।

 भरतपुर विमानस्थलको बिस्तार र मेघौली विमानस्थलको धावनमार्गको कालोपत्रसहितको स्तरोन्नतिका लागि निरन्तर लागि रहनुभएका यसै क्षेत्रका सांसदसमेत रहनुभएका दाहालले दुई विमानस्थलको विकाससँगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटन विकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।” निकुञ्जसँगै आदिवासी समुदायको संस्कृति र वेषभूषाले पर्यटनलाई आकर्षण गरेको उहाँले बताउनुभयो । 

दाहालले भन्नुभयो, “थारु, दराई र कुमालको संस्कृति एवं परम्परासँगै निकुञ्ज हुनुका कारणले अपार सम्भावना र चुनौती दुवै छ ।”

वन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री, अर्थमन्त्री र वन तथा वातावरणमन्त्रीसँग कुराकानी भइरहेको छ । भारतमा जस्तै यहाँ पनि नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भइरहेको छ ।” 

भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि विशेष प्रकारको संयन्त्र विकास भएको भन्दै उहाँले यसका लागि केही करोड बजेट भए पुग्ने बताउनुभयो ।