८ मंसिर, २०८१ शनिबार

03:25:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै, रैथाने स्वादको विकास गरिँदै

Nepal Business

३ बैशाख, २०८०

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भन्नुभयो, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ ।”

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै, रैथाने स्वादको विकास गरिँदै


पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ ।

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य  बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि  सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो । 

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य  बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भन्नुभयो, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ ।”

पत्रकार झलक गैरेले नेपालगञ्जमा परम्परागत स्वादका खाना धेरै बन्ने गरेको र त्यसलाई ब्राण्डिङ गर्न र व्यवसायीकरण गर्न सो अवधरणा आएको बताउनुभयो । “घर घरमा विभिन्न स्वादका खाना बन्छन् त्यसलाई एउटै थलोमा राखेर नेपालगञ्जको परिचय दिन खोजिएको छ” उहाँले भन्नुभयो ।  

संयोजक सिग्देलले रैथाने स्वादलाई व्यवसायीकरण गर्दै परम्परागतरूपमा स्वाद उपलब्ध गराउँदै आएकालाई अवसर उपलब्ध गराउन फुडलेनको अवधारणा अघि सारिएको उल्लेख गर्नुभयो ।  


क्लिन तथा ग्रिन नेपालगञ्जका संयोजक डा विनोद कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हस्पिटालिटी विज्ञ भरत विष्ट, रामजी पाठक, हरित अभियन्ता हेमन्तराज काफ्ले, युवा उद्यमी नीरञ्जन राजभण्डारी, विन्दु घर्तीमगरलगायतले नेपालगञ्जका दर्जनौंँ मौलिक स्वादलाई व्यवसायीकरण गर्दै एकैथलोमा उपलब्ध गराउने अवधारणाले नेपालगञ्जको आन्तरिक बजार चलायमान हुनाका साथै पर्यटन प्रर्वद्धनका लागि पनि एउटा आकर्षण बनाउने बताउनुभयो । 

करिब तीन महिना अघिदेखि सोमबार बेलुका नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा महाआरती हुँदै आएको छ । यसले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै आएको छ ।