७ मंसिर, २०८१ शुक्रबार

06:53:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २०.०० अंकको गिरावट, सर्वाधिक गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड

Nepal Business

१५ बैशाख, २०७९

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् ।

नेप्सेमा २०.०० अंकको गिरावट, सर्वाधिक गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड

काठमाण्डौं । हप्ताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबार अन्तिम समयमा घट्न पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २०.०० अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।

कूल २२६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बिहीबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ ।

विहिबार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५ करोड २५ लाख ४९ हजार ६ सय ३ रूपैयाँको कारोबार भएको हो । 

यसै दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ४२ रुपैयाँ ६० पैसा पुगेको छ ।

 आजै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ३.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ३८ रुपैयाँमा झरेको छ ।