७ मंसिर, २०८१ शुक्रबार
06:40:47 PM
१५ बैशाख, २०७९
काठमाण्डौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ बिहीबार प्रबन्धक ग्लोबल आईएमई क्यापिटलल आफ्नै कार्यालयमा बाँडफाँड गरेको हो ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आइपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।
गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओ ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्तासम्म प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्य २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदकको हात खाली भएको छ ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार यस आइपीओ खरीदका लागि कुल २२ लाख ५ हजार ६ सय ६३ जनाले २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन दिएका थिए । जुन माग भन्दा ६६.३६ गुणा बढी हो ।
कुल आवेदकहरुमध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको हो ।
कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत सेयर वितरण गरेको हो ।