२३ बैशाख, २०८१ आइतबार

02:33:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विपद् न्यूनीकरण प्रादेशिक छलफल : समृद्ध प्रदेश निर्माणका लागि सोच, नीति र रणनीति अनिवार्य

Nepal Business

१४ बैशाख, २०७९

कार्यपत्र प्रस्तुत गर्दै विज्ञ बास्कोटाले विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकूलित र उत्थानशील तथा समृद्ध प्रदेश निर्माणका लागि सोच, नीति र रणनीति अनिवार्य शर्त भएकामा जोड दिनुभयो

विपद् न्यूनीकरण प्रादेशिक छलफल : समृद्ध प्रदेश निर्माणका लागि सोच, नीति र रणनीति अनिवार्य

कर्णाली, 
कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं युएनडिपी र सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा बुधबार आयोजित कार्यक्रममा मस्यौदामाथि छलफल भएको हो । 

छलफलका क्रममा युएनडिपीका परामर्शदाता तथा विपद् जोखिम न्यूनीकरण विज्ञ टिवेन्द्र बास्कोटाले विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिसम्बन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा युएनडिपीका परामर्शदाता तथा विपद् जोखिम न्यूनीकरण विज्ञ टिवेन्द्र बास्कोटाले विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिसम्बन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै विज्ञ बास्कोटाले विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकूलित र उत्थानशील तथा समृद्ध प्रदेश निर्माणका लागि सोच, नीति र रणनीति अनिवार्य शर्त भएकामा जोड दिनुभयो । 

“विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना कार्यान्वयनका प्राथमिकतालाई ध्यानमा राखेर कर्णाली प्रदेशको बहुप्रकोपको अवस्थाबमोजिम विपद् जोखिमको लेखाजोखा र अनुगमन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रभावकारी विपद् व्यवस्थापन सूचना प्रणालीको विकास गर्नुपर्दछ ।”

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले मस्यौदाको कार्यपत्र प्रस्तोता विपद् जोखिम न्यूनीकण विज्ञ बास्कोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि, नीति, प्रावधान र विशेषता समेटेको बताउनुभयो । 

सचिव भुसालले भन्नुभयो, “यसमा नीति, रणनीति राम्रोसँग उल्लेख गरिएको छ । हामी बजेट निर्माण गर्दा विपद् जोखिम न्यूनीकरणको कार्ययोजनालाई समाविष्ट गर्छौं ।”