७ मंसिर, २०८१ शुक्रबार
07:07:27 PM
१४ बैशाख, २०७९
सरकारको यो निर्णयसँगै हामी शुक्रबार कारोबार खुलाउन नेपाल धितोपत्र बोर्डसँग भोली नै छलफल गर्नेछौं सिइओ कार्कीले भन्नुभयो ।
काठमाण्डौ । सरकारको निर्णयले सेयर बजार ४ दिनमात्र खुल्ने अवस्था आएपछि नेप्सेले सोमबारदेखि शुक्रबारसम्म खोल्ने तयारी गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारको यो निर्णयसँगै हामी शुक्रबार कारोबार खुलाउन नेपाल धितोपत्र बोर्डसँग भोली नै छलफल गर्नेछौं सिइओ कार्कीले भन्नुभयो । हालको व्यवस्था आईतबारदेखि विहीबारसम्म खुल्ले व्यवस्था रहेकोमा धितोपत्र निमावलीमा संशोधन गरी अब सोमबारदेखि शुक्रबार सम्म खुलाउने पहल नेप्सेले गर्नेछ ।
परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो ।
विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो ।