७ मंसिर, २०८१ शुक्रबार
06:48:33 PM
१४ बैशाख, २०७९
बुधबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह बढेको छ ।
काठमाण्डौं । साताको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । मंगलबार १५ अंकले घटेको बजार बुधबार ५.१७ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेको हो ।यसैगरी सेन्सेटिभ परिसूचक पनि १.६१ अंकले बढेर ४५४.५६ विन्दुमा पुगेको छ ।
कूल २२८ वटा कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसहुह घटेको छ भने बाँकी ९ उपसमुहको सेयर बढेका छन् । बुधबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह बढेको छ ।
बुधबार अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३ सय ३२ रूपैयाँको कारोबार भएको हो ।
यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यसैगरी बुधबार सानिमा इक्विटीको मूल्य सर्वाधिक घटेको छ । आज इक्विटीकोको मूल्य ३.८८ प्रतिशतले घटेर प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसामा झरेको छ ।