७ मंसिर, २०८१ शुक्रबार
07:27:36 PM
१४ बैशाख, २०७९
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २० प्रतिशत बोनस सेयर वापतको ४४ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७६/७७ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।