७ मंसिर, २०८१ शुक्रबार

07:20:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिवाईसी नेपालको आईपीओ बिहीबार बाँडफाँड हुने

१४ बैशाख, २०७९

कम्पनीको प्रि–अलटमेन्ट गत सोमबार ४ बजे सम्पन्न भैसेको छ ।

सिवाईसी नेपालको आईपीओ बिहीबार  बाँडफाँड हुने


काठमाण्डौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बिहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा बिहान ९ बजे हुने भएको छ । 

कम्पनीको प्रि–अलटमेन्ट गत  सोमबार ४ बजे सम्पन्न भैसेको छ ।  कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सीडीएसका अनुसार वैशाख ६ गते अर्थात अन्तिम दिन  साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाँड हुने छ ।