१७ बैशाख, २०८१ सोमबार

09:39:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यापारिक भिसामा आएका शङ्कास्पद २२ चिनियाँमाथि अनुसन्धान

Nepal Business

१४ बैशाख, २०७९

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको छ

व्यापारिक भिसामा आएका शङ्कास्पद २२ चिनियाँमाथि अनुसन्धान
काठमाडौँ,
अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ ।
 
व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिनुभयो । 
 
व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिनुभयो । 
 

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ ।

भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे÷नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।