२ फागुन, २०८१ शुक्रबार
12:12:58 AM
३ भदौ, २०७९
यससँगै सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी गर्नुपर्दा वस्तुभन्दा ढुवानी महंंगो पर्ने गरेको स्थानीयहरूको गुनासो छ ।
मुगु,
जिल्लाको उत्तरी ब्यापारी नाका नाक्चेनाङला हयाजीमार क्षेत्र सुनसान छ ।
कोरोना महामारीले तीन वर्षदेखि बन्द रहेको उत्तरी ब्यापारी नाका अहिले पनि खुल्ने अनिश्चित हुँदा मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका छन् ।
कोरोना महामारीले तीन वर्षदेखि बन्द रहेको उत्तरी ब्यापारी नाका अहिले पनि खुल्ने अनिश्चित हुँदा मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका छन् ।
यससँगै सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी गर्नुपर्दा वस्तुभन्दा ढुवानी महंंगो पर्ने गरेको स्थानीयहरूको गुनासो छ ।
हरेक वर्ष साउन १५ देखि मसान्तसम्म १५ दिनको लागि अस्थायी रुपमा तिब्बती ब्यापारी नाका खुल्दा कार्मारोङ गाउँपालिका क्षेत्रका स्थानीयलाई खाद्य वस्तु लत्ता कपाडा किनमेल गर्न जान्थे ।
कोरोना महामारीको त्रासले तीन वर्ष उक्त ब्यापारी नाका ठप्पै हुँदा कार्मारोङ गाउँपालिका कर्मचारी ब्यापारी र सर्वसाधारण मारमा परेका छन् ।
तीन वर्ष उत्तरी ब्यापारी नाका बन्द हुँदा खाद्य वस्तु लत्ताकपाडाको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिकाका कार्माछिरिङ लामाले भने यो वर्ष पनि खुल्ने नखुल्ने कुनै निश्चित अझै छैन ।
ुतिब्बती ब्यापारीकै भरले हामी बाँचेका छौ । त्यो नाका खुलेन भने हामी यहाँ कसी बच्ने परिवार पाल्ने गाह्रो हुन्छ,ु लामाले भने ।
साउन १५ देखि समान्तसम्म नेपाल र तिब्बतको सिमाना हयाजीमारमा तिब्बती ब्यापारीले अस्थायी हाटबजार सञ्चालन गर्ने र मुगु कार्मारोङ गाउँपालिकाभित्रका चितै, मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा मह, माग्री लगायत १७ वटा बस्तीका स्थानीय १५ दिनसम्म खाद्य वस्तु लत्ताकपाडा तथा नुन तेल किन्ने तिब्बत क्षेत्रतिर ओइरो लाग्ने गर्थे ।