२१ बैशाख, २०८१ शुक्रबार

02:42:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

Nepal Business

१३ बैशाख, २०७९

गाउँपालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी
लुम्बिनी, 
स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 
 
निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन् । 
निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन् । 
 
गाउँपालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
 
व्डाध्यक्ष पदमा पाँच हजार १०२ को मनोनयन परेको छ । महिला सदस्यमा तीन हजार ८८६, दलित महिला सदस्यमा तीन हजार ६०३ र सदस्यमा आठ हजार १७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३२० ले उम्मेदवारी दर्ता गराएका छन् । 
 
यसैगरी पाल्पामा एक हजार १०८, अर्घाखाँचीमा ८७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पूर्वमा ३९७ जना, रोल्पामा एक हजार १६३ जना, प्युठानमा ९७१, दाङमा दुई हजार ३६२ जना र बाँकेमा दुई हजार ३२७ ले उम्मेदवारी दर्ता गराइका छन् । 
 
यसैगरी बर्दियामा एक हजार १७५२ जना र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा दुई हजार ३८ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।