७ मंसिर, २०८१ शुक्रबार

02:00:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १५.०२ अंकको गिरावट, लगानीकर्ता चिन्तित

१३ बैशाख, २०७९

मंगलबार ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको

सेयर बजारमा १५.०२ अंकको गिरावट, लगानीकर्ता चिन्तित

काठमाण्डौं । सेयर बजार घट्ने क्रम जारी छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ ।

नेपाल स्टक एक्स चेन्ज (नेप्से) का अनुसार सेयर बजार आज १५.०२ अंकले घटेको छ । १५.०२ अकंले बजार घट्दा नेप्से परिसूचक २३ सय ७०.९९ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । 

प्रि–ओपनिङमा बढ्ने संकेत देखिए  पनि कारोबार अवधिभर सेयर बजारमा उतारचढाव देखियो । लगातार घटिरहेको सेयर बजारका कारण लगानीकर्ता निकै चिन्तित छन् । 

आज मंगलबार ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको छ । 

यस्तै १३ वटा उपसमुहको कारोबार हुँदा २ वटा मात्र उपसमुह बढेका छन् । म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.२९ प्रतिशत र म्युचलफण्ड १.६२ प्रतिशतले बढेका छन् । 

कम्पनीतर्फ जल्पा, एनआइबीएल समृद्धि फण्ड र किसान लघुवित्त वित्तीय संस्थान कम्पनी रहेका छन् ।जल्पा ९.९९ प्रतिशत, एनआइबीएल समृद्धि फण्ड ५.०६ प्रतिशत र किसान लघुवित्त वित्तीय संस्थान कम्पनी ४.०२ प्रतिशतले बढेका हुन् ।