२४ बैशाख, २०८१ सोमबार

08:40:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा, केही क्षणमा एक एक जहाजलाई अवतरण गराइने

Nepal Business

१३ बैशाख, २०७९

आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान/अवतरण गराउन मिल्दैन ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा, केही क्षणमा एक एक जहाजलाई अवतरण गराइने

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा रहेका छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ ।

यसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा  नै घुमिरहेका छन् ।

आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान/अवतरण गराउन मिल्दैन ।

सोहीकारण जहाजहरुलाई होल्ड गराएर निश्चित समयमा एकरएक जहाजलाई उडान तथा अवतरण गराइन्छ ।