७ मंसिर, २०८१ शुक्रबार

02:14:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र दोसो बजारमा १३ करोडभन्दा बढि कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

Nepal Business

१३ बैशाख, २०७९

यो महिना २९ कम्पनीको धितोपत्र सूचीकृत भएकोमा २४ कम्पनीहरुको १० करोड ७९ लाख ७७ हजार २५६.५५ कित्ता बोनस सेयर सूचीकृत भएको

धितोपत्र दोसो बजारमा १३ करोडभन्दा बढि कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

काठमाण्डौं । धितोपत्र दोस्रो बजारमा चैत महिनामा मात्र १३ करोडभन्दा बढि कित्ता सेयर थपिएको छ । नेप्सेले सार्वजनिक गरेको चैत महिनाको तथ्यांक अनुसार ४ कम्पनीको १३ करोड ९८ लाख ३९ हजार ५९४.५५ कित्ता सेयर थपिएको हो ।

चैत महिनामा दुई करोड ५० लाख कित्ता सरकारी विकास ऋणपत्र, कर्पोरट तर्फको सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५० हजार कित्ता आईपीओ र नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर समेत सूचीकृत भएको नेप्सेले जानकारी दिएको हो । 

नेप्सेका अनुसार यो महिना २९ कम्पनीको धितोपत्र सूचीकृत भएकोमा २४ कम्पनीहरुको १० करोड ७९ लाख ७७ हजार २५६.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

यो महिनामा सबैभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयर मूल्य माग र आपुर्तिबीचको सन्तुलनले निर्धारण गर्ने हुन्छ ।