२५ बैशाख, २०८१ मंगलबार

02:54:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

१२ बैशाख, २०७९

जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

काठमाडौँ,
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।

निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । 

निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । 

उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ । 

विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप बढेको एवं मागको तुलनामा सिट सङ्ख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान सङ्ख्या थप्न लागिएको निगमले जनाएको छ ।