७ मंसिर, २०८१ शुक्रबार
02:13:42 PM
१२ बैशाख, २०७९
सोमबार ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । साताको पहिलो दिन आइतबार बढेको सेयर बजार सोमबार घटेको छ ।
आज सोमबार सेयर बजार ३४.९५ अंकले घटेर नेप्से परिसूचक २ हजार ३ सय ८६.०१ विन्दुमा झरेको छ । प्रि–ओपनिकङमा नेप्से परिसूचक २४ सय २८ विन्दुमा थियो ।
यस्तै आज ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैयाँको कारोबार भएको छ ।
उपसमुहतर्फ होटल एण्ड टुरिजम र म्युचल फण्ड बाहेकका सबै उपसमुह घटेका छन् । होटल एण्ड टुरिजम ०.१३ र म्युचल फण्ड ०.८२ प्रतिशतले बढेको छ ।
कम्पनीतर्फ भने जल्पा ९.९९, सिद्धार्थ इक्वाईटी फण्ड ४.०० र एनआइबीएल प्रगती फण्ड ३.७१ प्रतिशतले बढेका छन् ।