७ मंसिर, २०८१ शुक्रबार
02:03:36 PM
१२ बैशाख, २०७९
कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
काठमाण्डौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १३ गते मंगलबार देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको उक्त आईपीओमा लगानिकर्ताहरूले छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपीओमा सिद्धार्थ बैंक लिमिटेड बेलीशहर शाखा लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड सेरा बजार दोर्दी, कामना सेवा विकास बैंक लिमिटेड बेसीशहर शाखा लमजुङ्ग, मुक्तिनाथ विकास बैंक बेसीशहर शाखा लमजुङ्ग र एनएमबि बैंक लिमिटेड बेसी शहर शाखा लमजुङ्ग र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।