४ जेठ, २०८१ शुक्रबार

08:03:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मानवसेवा आश्रमको वार्षिक खर्च १२ करोड ७८ लाखभन्दा बढी

९ पुस, २०७८

मुख्य कार्यालय हेटौडामा रहेको मानव सेवा आश्रमको स्थापना भएको नौ वर्ष पुरा भएको छ । यस आश्रमद्वारा हालसम्म ६ हजार २७५ को उद्धार, २ हजार ४२५ जनाको पुनर्मिलन भएको जनाएको छ । उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा २ हजार ४२५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

 मानवसेवा आश्रमको वार्षिक खर्च १२ करोड ७८ लाखभन्दा बढी


काठमाण्डौं, पुस ९

विविध समस्यामा परेका मानिसहरुको सहयोग, उद्धार र पुनर्मिलन गराउने र समाजमा मानवीय सुशासन ल्याउने उदेश्यबाट स्थापना भएको मानवसेवा आश्रमले वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । जसले अघिल्लो आवमा २३ करोड  ९६ लाख ७९ हजार  ३ सय ९५ रुपैयाँ आय, १२ करोड ७८ लाख ५८ हजार २ सय २१ रुपैयाँ व्यय र ११ करोड १८ लाख २१ हजार १ सय ७४ रुपैयाँ बचत रहेको जनाएको छ । 

मुख्य कार्यालय हेटौडामा रहेको मानव सेवा आश्रमको स्थापना भएको नौ वर्ष पुरा भएको छ । यस आश्रमद्वारा हालसम्म ६ हजार २७५ को उद्धार, २ हजार ४२५ जनाको पुनर्मिलन भएको जनाएको छ । उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा २ हजार ४२५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ । मानव आश्रमका होमना पौडेलले उद्धार गरिएकामध्ये आश्रमबाट १ हजार ६७ जना उपचारपश्चात् स्वेच्छाले घर फर्केका छन् भने ६३४ जना आश्रमको संरक्षणमा रहँदा निधन भएको जानकारी दिनुभयो । 

आश्रमका अनुसार हालसम्म ३५४ जनाको सामुदायिक पुनःस्थापना भएको छ । हाल आश्रमका सातै प्रदेशको १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार ५६७ जना आश्रित रहेका छन् । यस कार्यालयबाट हालसम्म एक हजार ३५५ जनाको उद्धार भएको छ भने ७३६ जनाको पारिवारिक मिलन गराइएको छ । उपचारपश्चात् स्वेच्छाले ३३६ जना घर फर्केका छन् भने १४७ को आश्रममा निधन भएको आश्रमले जनाएको छ । साथै ४३ जनाको सामूदायिक पुनःस्थापना गरिएको छ । हाल हेटौडा आश्रममा १६७ जना आश्रित रहेको पौडेलले बताउनुभयो ।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनःस्थापना गर्ने र स्वास्थ्य अवस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ । परिवारबारे जानकारीपछि  पुनर्मिलन गराउने गरिएको उहाँको भनाइ छ । आश्रममा आश्रय लिएका अधिकांश मासिक सन्तुलन गुमाएका र घरबारविहिन रहेका हुन्छन् । उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार कामगर्ने गरेको बताइएको छ । 

 विभिन्न दाता, संघसंस्थाहरुबाट प्राप्त सहयोग आश्रमको आम्दानी हो जुन मानव उद्धारका लागि खर्च हुने पौडेलले बताउनु भयो । उहाँले सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन सो संस्था लागिपरेको समेत बताउनु भयो ।