१० मंसिर, २०८१ सोमबार
05:44:31 PM
१२ बैशाख, २०७९
बोनस सेयर वापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता सेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको
काठमाण्डौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरण गरेको छ । कम्पनीले यस वर्षको ३० प्रतिशत बोनस सेयर वितरण गरेको हो ।
कम्पनीले १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस सेयर वितरण गरेको हो । कम्पनीका अनुसार गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
सो बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वैशाख ११ गतेदेखि वितरण गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले उक्त बोनस सेयर वापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता सेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।
हितग्राही खातामा बोनस सेयर प्राप्त गरेका सेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । यस वर्ष कम्पनीले बोनस सेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन ।