७ मंसिर, २०८१ शुक्रबार
02:03:54 PM
१२ बैशाख, २०७९
बजारको सुरुवात सकरात्मक देखिएकाले लगानीकर्ताहरु उत्साहित
काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजारको सुरुवात सकरात्मक देखिएको छ ।
यो समाचार तयार पार्दासम्म सेयर बजार ७.१८ अंकले बढेर नेप्से परिसूचक २ हजार ४ सय २८.१५ विन्दुमा पुगेको छ ।
बजारको सुरुवात सकरात्मक देखिएकाले लगानीकर्ताहरु उत्साहित भएका छन् ।
कारोबारको सुरुवातमा ७ लाख ७६ हजार ७ सय ७४ कित्ता किनबेच हुँदा ३४ करोड १७ लाख ७६ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ, विविध र म्युचल फण्ड बाहेकका सबै उपसमुह बढेका छन् ।