२५ बैशाख, २०८१ मंगलबार

11:38:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत अपरेटरले तलब नपाएपछि...

९ पुस, २०७८

विद्युत अपरेटरले तलब नपाएपछि...

सिमीकोट, पुस ९ । छुईपुग जलविद्युत आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत सेवा बन्द गराएका छन् ।

यहाँस्थित सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको उक्त आयोजनाका कर्मचारीले बुधबारदेखि नै विद्युत बन्द गराएका हुन् । आफूले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको

खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय भएको थियो ।अपरेटर लामाले बताउनुभयो । 

खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय भएको थियो । तलबका लागि प्रत्येक घरपरिवारले १०० सङ्कलन गर्नुपर्ने हो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नु परेको अपरेटर लामाले बताउनुभयो । तलब प्राप्त नभएसम्म अनिश्चतकालकालका लागि विद्युत् सेवा बन्द रहने लामाले बताउनुभयो ।