७ मंसिर, २०८१ शुक्रबार
02:05:15 PM
११ बैशाख, २०७९
अहिले बजारमा देखिएको केही आर्थिक उतार चढावका कारण सेयर बजारमा सामान्य उतारचढाव देखिए पनि लगानीकर्ताहरु निरास बन्न नहुने
काठमाण्डौ । नेपाल लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले यो समय सेयर बजार बढ्ने समय रहेको बताउनुभएको छ ।
नेपाल विजनेशसंगको कुराकानीमा अध्यक्ष पोख्रेलले सेयर बजारमा साताको पहिलो दिन आईतवारबाटै सकारात्मक सर्किट सुरु भएको भन्दै उहाँले यो समय बजार बढ्ने समय रहेको बताउनुभयो ।
उहाँले अहिले बजारमा देखिएको केही आर्थिक उतार चढावका कारण सेयर बजारमा सामान्य उतारचढाव देखिएपनि लगानीकर्ताहरु निरास बन्न नहुने बताउनुभयो ।
३२ सय भन्दा माथी पुगेको नेप्से २३ सयको हाराहारीमा आएको छ तर पनि आक्तिनु पर्ने अवस्था छैन किन कि हामी कुनै समय १ हजारको हाराहारीमा पनि नेप्से पुगेको अवस्थामा थियौं ।
अर्थतन्त्रका सबै कुराहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै उहाँले बजार यो भन्दा तल नझर्ने बताउनुभयो ।
‘अहिले बजार घट्नुको मुख्य कारण तरलता र अस्थिर राजनीति हो’, उँहाले भन्नुभयो । बैंकमा तरलताको समस्या घट्दै गएको भन्दै उहाँले अब सेयर बजार बढ्न सक्ने बताउनुभयो ।
सेयर बजार साताको पहिलो दिन आइतबार ९५.५२ अंकले बढेको छ ।