१० मंसिर, २०८१ सोमबार

05:44:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ९५.५२ अंकले बढ्यो, १० कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

११ बैशाख, २०७९

नेप्से ४.११ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १७.७४ अंकले बढेर ४६०.८८ विन्दुमा पुगेको छ ।

सेयर बजार ९५.५२ अंकले बढ्यो, १० कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ९५.५२ अंकले बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ९५.५२ अंकले बढेर २४२०.९६ विन्दुमा पुगेको छ । नेप्से ४.११ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १७.७४ अंकले बढेर ४६०.८८ विन्दुमा पुगेको छ । 

कूल २३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ८.६ प्रतिशतले बढेको छ ।

आइतबार सानिमा बैंक लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको संस्थापक सेयरको २२ करोड रूपैयाँ बराबरको कारोबार भएको हो । 

आइतबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् ।  यस दिन नेष्डो समृद्ध लघुवित्तसहित जम्मा ४ कम्पनीको सेयरमूल्य घटेको छ ।