७ मंसिर, २०८१ शुक्रबार

02:39:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआइसी एशिया बैंकका संस्थापकले आफ्नो सेयर बिक्रि गर्दै

११ बैशाख, २०७९

आफ्नो नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता सेयर बिक्री

एनआइसी एशिया बैंकका संस्थापकले आफ्नो सेयर बिक्रि गर्दै

काठमाण्डौं । एनआइसी एसिया बैंकका संस्थापक अनन्त कुमार गोल्याणले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नुहुने भएको छ । 

उहाँले आफ्नो नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता सेयर बिक्री गर्न लाग्नुभएको हो । 

सो सेयर खरिदका लागि एनआइसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंककले जनाएको छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।