७ मंसिर, २०८१ शुक्रबार
02:26:45 PM
११ बैशाख, २०७९
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको
काठमाण्डौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि कम्पनीले आइतबार (वैशाख ११ गते) देखि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको जानकारी दिएको हो ।
कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानीय बासिन्दाहरूका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको जनाएको छ ।
आइपीओ खरिदका लागिष् छिटोमा वैशाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।