२० बैशाख, २०८१ बिहिबार

02:13:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२७ सय मृतकको भोटिङ अधिकार सिराहा जिल्लामा कायमै

Nepal Business

१० बैशाख, २०७९

लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।

२७ सय मृतकको भोटिङ अधिकार सिराहा जिल्लामा कायमै

सिराहा । स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका ३ हजार ४ सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ ।

स्थानीय तहले पठाएको सूचीको आधारमा ७ सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख ईन्दिरा यादवको भनाइ छ । 

स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले बताउनु भयो । 

निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढीमाईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।

निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।