७ बैशाख, २०८१ शुक्रबार

01:27:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश सरकारले निहारिका राजपुतलाई पाँच लाख आर्थिक सहयोग गर्ने

१० भदौ, २०७९

मधेश सरकारले निहारिका राजपुतलाई पाँच लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।