२२ बैशाख, २०८१ शनिबार

04:54:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आवश्यक परे निर्वाचनमा निजी हेलिकप्टर पनि प्रयोग गरिने

Nepal Business

९ बैशाख, २०७९

त्यसको तयारी गर्न गृह मन्त्रालयमा शुक्रबार सरकारी अधिकारी र वायु सेवा संञ्चालक संघमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको बैठक बसेको हो ।

आवश्यक परे निर्वाचनमा निजी हेलिकप्टर पनि प्रयोग गरिने

काठमाडौँ,
गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे नीजि क्षेत्रमा हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ ।

सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसार पसारमा हेलिकोप्टरको प्रयोग गर्ने तयारी सरकारको छ । 

सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसार पसारमा हेलिकोप्टरको प्रयोग गर्ने तयारी सरकारको छ । 

त्यसको तयारी गर्न गृह मन्त्रालयमा शुक्रबार सरकारी अधिकारी र वायु सेवा संञ्चालक संघमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको बैठक बसेको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाइ सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।  

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ ।

निर्वाचन सुरक्षामा नीजि हेलिकोप्टर प्रयोग गर्दा पालो भने वायु सेवा संचालक संघले मिलाएर त्यसको जानकारी गृह मन्त्रालयलाई गराउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले जानकारी दिनुभयो । 

बैठकमा नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक संघका कमलेशकुमार वर्माका साथै अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रीक एयर, हेलि एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकोप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिको सहभागिता थियो ।