७ मंसिर, २०८१ शुक्रबार
02:12:35 PM
९ बैशाख, २०७९
बजारमा आएका अनुमानित उद्घोषलाई आधार मान्ने हो भने त सेयर बजार तलतिर झर्नै नपर्ने हो नी, झरिरहेको छ ।
काठमाण्डौ । धेरैको अनुमान थियो नयाँ वर्षसंगै सेयर बजार उकालो लाग्छ । तर त्यो अनुमान सत्य सावित हुन सकेको छैन । केही दिन झिनो अंकले सेयर बजार बढेपनि बढ्ने भन्दा घट्नेक्रम बढिरहेको छ । नेप्से घटेर २३ सयको वरिपरी रहेको छ । सेयरका जानकारहरुले बेलावखत गर्ने अड्कलबाजी अड्कलमा मात्र सिमित हुने गरेको छ । ३२ सयको वरिपरी पुगेको नेप्से अहिले करिव १ हजारको हाराहारीमा घटेको छ । लगानीकर्ताको जोखीम बहन गर्न सक्ने क्षमताका आधारमा बजार घटबढ हुने भन्दै यस क्षेत्रका जानकारहरुले बजार लगानीकर्ताको सोचमा निर्भर रहने बताएका छन । यसै विषयमा नेपाल विजनेशले धितोपत्र क्षेत्रको कानुनका जानकार ज्योती दहालसँग गरेको सम्पादित कुराकानी ।
नयाँ वर्ष लागेपछि बजार बढ्छ भन्ने थियो तर यस वर्ष बढेन के को असर हो ?
सेयर बजार जो कसैले बढ्छ भन्दा बढ्ने र घट्छ भन्दा घट्ने गर्दैन र त्यो होइन पनि । विगतका वर्षहरुको अभ्यास र अहिलेको अभ्यास उस्तै मिल्न सक्दैन कि कि अहिले धेरै नयाँ लगानीकर्ताहरु सेयर बजारमा भित्रिएका छन् ।
लगानीकर्ताहरुको सोच बदलिएको छ । त्यसैले पनि सेयर बजारको आँकलन अहिले मिलिरहेको छैन । त्यसो त सेयर बजारको घटबढ कसैले भनेका आधारमा भन्दा पनि लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमताले निर्धारण गर्दछ ।
त्यसो त लगानीकर्ताले कसैको भनाईलाई अधार मानेर धारणा पनि बनाउन सक्नुहुन्छ । त्यस्तो अवस्थामा कसैको भनाईले पनि अर्थ र भूमिका खेल्ने स्वभाविक नै हो । तर सेयर बजार बढ्ने र घट्ने कुरामा लगानी कर्ताको मुख्य हात हुन्छ । लगानी कर्तामा जोखिम बहन गर्नसक्ने क्षमता धेरै भएमा बजार उकालो लाग्छ र क्षमता कम भए बजार ओरालो लाग्छ ।
नबढ्नुको कारण चाँही के हो ?
सेयर बजार घट्बढ् हुने स्पष्ट कारण नै छैन । यो एक प्रकारको खेल (गेम) हो । तर खेल भनिरहँदा बजारमा असजिलो हुनसक्छ, किन भने रु १०० को सेयर ५०० सय पुग्ने कुन चाँही बलियो आधार छ र ? यो त केबल अनुमान मात्र हो । अनुमान मानिसलाई त्यो विषयमा के लागिरहेको छ त्यही भन्ने हो ।
बजारमा आएका अनुमानित उद्घोषलाई आधार मान्ने हो भने त सेयर बजार तलतिर झर्नै नपर्ने हो नी, झरिरहेको छ । तसर्थ अनुमानको कुनै तथ्यगत आधार हुँदैन । उही सबैले बढ्छ भन्दा केही बढेको छ भने हो रहेछ भन्ने जस्तो लाग्छ, घट्छ त लगानी कर्ताले कमै भन्छन तै पनि ६ महिना अगिको तुलनामा धेरै नै घटेको छ ।
सेयर बजार कहिले बढ्ला ?
सामान्यतया बैंक तथा वित्तिय क्षेत्रको प्रतिवेदन आउने बेला बढ्छ भनिन्छ । तर अहिलेको अवस्थामा त्यो आंकलन पनि सत्य सावित हुन सकेको छैन । आजभोली बजारमा विभिन्न विश्लेषकहरुले विश्लेषण गरेको पाइन्छ । तर ती विश्लेषकहरुको विश्लेषणले बजारलाई कुनै प्रभाव पारेको छैन । बजार आफ्नो लयमा कहिले बढ्छ, कहिल घट्छ ।
वास्तवमा यो सबै लगानीकर्ताको आर्थिक सक्षमता र जोखिम लिनसक्ने क्षमतामा निर्भर हुन्छ । ठ्याक्कै यो मितिबाट नै बढ्छ भन्न त मैले पनि सक्दिन तर अब सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेट लगाएतका कुराहरुले केही प्रभाव स्वभावैले सेयर बजारमा पर्छ ।
राजनीतिक अस्थिरता र आर्थिक क्षेत्रमा हुने केही उतार चढावका कारण पनि अहिले सेयर बजार तल झरेको हो । कुनै समय ३२ सय वरिपरी पुगेको बजार अहिले २३ सयमा छ ।
लागनीकर्ताहरु लगानी गर्न उत्साहित भएपनि अहिले रुस, युक्रेन द्धन्द र श्रीलंकाको आर्थिक मन्दिको प्रभाव मानसिक रुपमा नेपाली लगानी कर्तामामा देखिएको छ । धेरै कुर्न नपर्ला । बजार बढ्नेमा ढुक्क हुन सहिन्छ र ति ठाउँहरु छन् । धेरै निरास भइहाल्नुपर्ने अवस्था छैन ।