७ मंसिर, २०८१ शुक्रबार
02:10:14 PM
९ बैशाख, २०७९
गत साता तीन दिन मात्रै कारोबार भएको सेयर बजारमा ४९.०७ अंकको गिरावट आएको
काठमाण्डौं । चालु आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा तीव्र रूपमा उतारचढाव भइरहेको छ । सेयर बजार पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ ।
गत साता तीन दिन मात्रै कारोबार भएको सेयर बजारमा ४९.०७ अंकको गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको हो ।
८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० बिन्दुमा पुगेर नेपाली सेयर बजारले नयाँ एतिहास रचेको थियो ।
तर आठ महिनायता लगातार रूपमा गिरावट आएको नेप्से २०७९ वैशाख ८ गतेसम्म आउँदा ८७३.१५ अंकले घटेर २३२५.४५ बिन्दुमा सीमित भएको छ।