७ मंसिर, २०८१ शुक्रबार

09:17:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऊर्जामन्त्री भुसाल र स्टोनियाका राजदूतबीच शिष्टाचार भेट, पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड

९ बैशाख, २०७९

‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको

ऊर्जामन्त्री भुसाल र स्टोनियाका राजदूतबीच शिष्टाचार भेट, पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा भएको उहाँहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको हो । 

भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझै विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।’

उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिँदै नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताउनुभयो।

नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ ।